काठमान्डुलाई पोखराको १ सय ३९ रनको लक्ष्य

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Pokhara's target of 139 runs to Kathmandu

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार काठमान्डु गुर्खाजलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङको निम्ता दिएपछि पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३८ रन बनाएको हो ।

  

नामिबियाका कप्तान जेहरार्ड इरसमसले दोस्रो ओभरमै आन्द्रिज गाउसलाई शून्यमा आउट गरि गुर्खाजलाई पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर दीनेश खरेलले पोखराबाट ३८ रन बनाए । उनले २५ बल खेली ६ चौका र १ छक्का प्रहार गरे ।

रशिद खनाले दीनेशसहित कप्तान कुशल भुर्तेल र दीलिप नाथको विकेट लिएर खेलमा गुर्खाजलाई हावी गराएका थिए । पुनः एक पटक ब्याटिङबाट निराश बनाएका भुर्तेल ७ रन बनाई बोल्ड भए । टोलीमा फिर्ताका आएका दीलिप पनि बोल्ड हुन पूर्व २४ बल खेली २ छक्का प्रहार गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहका आकर्षित गोमेललाई माइकल लेभिटले ८ रनमा एलबीडब्लु आउट गरे । त्यसपछि करणले माइकल लिस्क १, नारायण जोशी शून्य र विपिन खत्रीलाई ४ रनमा अलआउट गरि पोखराको तल्लोक्रम भत्काइदिएका थिए । रेयमन रिफर ४१ रन बनाई अविजित रहे । उनले ३० बल खेली १ चौका र ३ छक्का प्रहार गरे । सागर ढकाल १ रनमा अविजित रहे ।

काठमान्डुबाट करण र रशिदले ३–३ विकेट लिए । करणले ४ ओभरमा २४ र रशिदले ४ ओभरमा ४३ रन खर्चे । इरसमसले ४ ओभरमा १४ र लेभिटले ३ ओभरमा १३ रनमात्र खर्चेर १–१ विकेट लिएका थिए ।

पोखरामा अघिल्लो खेल खेलेको टोलीबाट तीन खेलाडी परिवर्तन गर्दै तृतराज दास, किरण ठगुन्ना, जेन मलिकको स्थानमा आकाश चन्द, दीलिप र गोमिललाई खेलाएको थियो । मुम्बईबाट प्रथम श्रेणीको क्रिकेट खेलेका ओपनिङ ब्याटर भारतीय खेलाडी गोमिलको एनपीएलमा पहिलो खेलाडी हुन् ।

काठमान्डु गुर्खाजले सुमित महर्जनको स्थानमा राजु रिजाल र ड्यान डावथवेटको स्थानमा नथान साउटरलाई खेलाएको छ । पोखरा र काठमान्डु दुवै सामु प्लेअफमा पुग्ने सम्भावना रहेको छ । दुई खेल खेल्न बाँकी रहेको अवस्थामा पोखरा र काठमान्डुको ४–४ अंक छ । 

कान्तिपुर संवाददाता

Link copied successfully