अभिशेषको बलिङमा लुम्बिनीको आश

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Lumbini's wish on Abhishesh's bowling

काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार लुम्बिनी लायन्सलाई १ सय ३७ रनको लक्ष्य दिएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको जनकपुर प्रतियोगितामा पहिलो खेल खेलिरहेका अभिशेष गौतमको बलिङ अगाडि एकाएक पतन हुन पुगेको थियो । देव्रेहाते स्पिनर अभिशेषले एकै ओभरमा ३ विदेशी खेलाडीको विकेट लिएपछि १२औं ओभरमा ९५–१ को अवस्थामा रहेको लुम्बिनी १६औं ओभरमा ११०–७ को स्थितिमा पुगेको थियो ।

अभिशेषले १३ औं ओभरमा प्रतियोगिताका सर्वाधिक रनकर्ता लाहिरु मिलान्था, हर्ष ठाकर (१) र जिम्मी निशम (१) को विकेट लिएका थिए । दुई ओभरपछि लुम्बिनीका कप्तान रोहितले मोहम्मद मोहसिन (३) र शेर मल्ल (०) लाई आउट गरेका थिए । अभिशेषले ४ ओभरमा २० रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।

Lumbini's wish on Abhishesh's bowlingतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपाली यू–१९ टोलीका कप्तान हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंसाकारले २४ बल खेलि २ चौकासहित २२ रन बनाए । अभिशेषबाहेक साद बिन जाफर र रोहितले २–२ विकेट लिए । जाफरले ३ ओभरमा ११ र रोहितले ४ ओभरमा २२ रन खर्चे ।

यसअघि आसिफ शेख र अनिल साहले ६ ओभर भित्र ४८ रन जोडी लुम्बिनीलाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ १० बलमा २ चौका र १ छक्का प्रहार गरि १६ रनमा आउट भए । अनिलले ३९ बल खेली १ चौका र ४ छक्कासहित ४५ रन बनाए । उनलाई काम चलाउ बलर सन्दीप जोराले आउट गरेपछि लुम्बिनीको पतन सुरु भएको थियो ।

निकै खराब सुरुआत गरेको लुम्बिनीले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । पहिलो तीनै खेलमा पराजित लुम्बिनीले अघिल्लो खेल खेलेको टोलीबाट सूर्य तामाङ, दिनेश अधिकारी र उनमुक्त चन्दको स्थानमा आशुतोष घिरोहिया, अभिशेष र बेन कटिङलाई खेलाएको छ । लुम्बिनीको पहिलो खेल खेलेका अस्ट्रेलियन अलराउन्डर कटिङलाई त्यसपछिको दुई खेलमा खेलाइएको थिएन । तर उनले यो प्रतियोगितामा बलिङ गरिरहेका छैनन् ।

पहिलो तीनै खेल जितेर जनकपुर दोस्रो स्थानमा रहेको छ । जनकपुरले तुलबहादुर थापाको स्थानमा शेर मल्ललाई खेलाएको छ । 

कान्तिपुर

Link copied successfully