कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुकुम पश्चिमा ८ महिनापछि खेलकुद प्रतियोगिता

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा ८ महिनापछि खेलकुद प्रतियोगिता सुरु भएको छ । दसैंको अवसर पारी सानीभेरी गाउँपालिकामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

सानीभेरी समाज विकास केन्द्रले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गरेको हो । गाउँपालिका र स्थानीय प्रशासनसँग समन्वय गरेर सुरक्षा सतर्कतालाई ध्यानमा राखी प्रतियोगिता सुरु गरेको केन्द्रका अध्यक्ष चन्द्रप्रकाश ओलीले बताए ।

९ नम्बर वडाको सिम्ली बजारमा भइरहेको प्रतियोगितामा खेल्ने टिम बाहेक अरुलाई बाहिरै राखिएको र दर्शकलाई पनि प्रवेश निषेध गरिएको उनले जानकारी दिए । प्रतियोगितामा १९ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिता जित्ने जोडीले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने जोडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पछिल्लो समय जिल्लाभर ब्याडमिन्टनप्रतिको आकर्षण बढेको छ ।

गत चैत्र ११ गतेयता जिल्लामा कुनै पनि औपचारिक खेल भएका थिएनन् । कोरोना भाइरसका कारण भएको लकडाउन तथा सरकारले कुनै पनि प्रकारका खेलकुद नगर्नु भन्ने निर्देशन दिएपछि जिल्लामा औपचारिक खेलकुद गतिविधि ठप्प थिए ।

प्रकाशित : कार्तिक ५, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?