कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।


प्रकाशित : कार्तिक ५, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?