डेभिड सिल्भालाई कोरोना संक्रमण

भाद्र १६, २०७७

एजेन्सी

सोसिडाड — म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर तथा रियल सोसिडाडका खेलाडी डेभिड सिल्भालाई सोमबार कारोना संक्रमण पुष्टि भएको छ । सिटीमा १० वर्ष बिताएयता उनी यसै सिजन मात्र ला लिगा क्लब गएका थिए ।

गत महिना मात्रै ३४ वर्षीय सिल्भाले सोसिडाडसँग अनुबन्ध गरेका थिए । संक्रमण भएपछि उनी आइसोलेसनमा बसेका छन् र उनको स्वास्थ्य स्थितिमा कुनै खराबी नभएको भनिएको छ ।

स्पेनी क्लबले सिल्भालाई मिडियासामु आफ्नो एनोटा स्टेडियममा प्रस्तुत गरेकै दिन उनलाई कोरोना भाइरस स‌ंक्रमण निश्चित भएको थियो । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully