कोरोना संक्रमणबाट गोरखाकी ६५ वर्षीय महिलाको काठमाडौंमा मृत्यु

भाद्र १५, २०७७

हरिराम उप्रेती

गोरखा — कोरोना संक्रमित आरुघाट गाउँपालिका–४ की ६५ वर्षीय महिलाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार विरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा भदौ १३ गते राति ११ बजेर ४८ मिनेटमा ती महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताए ।

भाद्र ४ गतेबाट छाउनीमा उपचाररत ती महिलामा भाद्र १३ गते कोरोना पुष्टि भएको थियो । ती महिलामा हाइपोथाइरोडिजम तथा मृगौलाको दीर्घ रोगी समेत रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख छ ।

भदौ १३ गते नै ती महिलाको निधन भएपनि सोमबार साँझ मात्र प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी पुष्टि गरेको हो ।

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully