काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

भाद्र १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

सञ्चार विज्ञ बाँस्तोलाले भने, 'उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।' 

मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍। त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बाँस्तोलाले बताए ।

मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताए ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर शाक्य केही दिन होम आइसोलेसनमै बस्‍ने बताइन् । उनले भनिन्,'मेयर साबसँग मेरो कुर भयो । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्नुभयो । ' 

कान्तिपुर

Link copied successfully