प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना

भाद्र १५, २०७७

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार राति कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको उनका स्वकीय सचिव राम पोखरेलले बताए । 

मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको सचिवालयले जनाएको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully