हन्ड्रेड अब अर्को वर्ष मात्र

वैशाख १९, २०७७

लन्डन — इंग्लिस क्रिकेटको विवादास्पद प्रतियोगिता हन्ड्रेड सन् २०२१ सम्मका लागि सारिएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता निर्धारित समयमा हुन नसकेको हो ।

नयाँ शैलीमा सय बलको क्रिकेट प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले खेल्ने कार्यक्रम थियो र यो जुलाइमा सुरु हुनु पर्ने थियो । तर जुलाइ १ सम्म इंग्ल्यान्डमा सबै खाले खेल स्थगितको स्थितिमा छ ।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बन्द रंगशालामा दर्शकविहीन स्थितिमा प्रतियोगिता गर्ने विकल्पलाई नकार्दै भनेको छ, ‘अहिलेको प्रतिकुल स्थितिमा हन्ड्रेड आयोजना सम्भव छैन् ।’

बोर्डले आफ्नो निर्णयमा निराशा पोख्दै अर्को सन् २०२१ मा विदेशी स्टार खेलाडीले भरिएको प्रतियोगिताको सफल आयोजनाको विश्वस्त रहेको भने दाबी गरेको छ । 

कोरोना भाइरस

Link copied successfully