कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कोरोना प्रकोप : टोटनहमले कर्मचारीलाई तलब काट्ने निर्णय फेर्‍यो

एएफपी

लन्डन — चर्को आलोचनापछि टोटनहमले आफ्‍ना गैर खेलाडी कर्मचारीको तलब काटेर सरकारमा निर्भर हुने निर्णय मंगलबार फेरेको छ ।

कोरोना प्रकोप : टोटनहमले कर्मचारीलाई तलब काट्ने निर्णय फेर्‍यो

त्यसअगाडि टोटनहमले आफ्ना ती गैर खेलाडी कर्मचारीलाई बिदा दिएर २० प्रतिशत मात्र तलब दिने निर्णय गरेको थियो । त्यस स्थितिमा बेलायती सरकारले बाँकी ८० प्रतिशत तबल तिरिदिने गर्छ ।

इंग्लिस प्रिमियर लिग क्लब स्पर्सका प्रमुख ड्यानिएल लेभी सरकारमा भर पर्ने निर्णय गरेका हुन् । खेलाडीमा साताकै लाखौं पाउन्ड तिर्ने क्लबले यस्तो निर्णय गरेपछि चारैतर्फबाट आलोचना सुरु भएको थियो ।

यसअघि लिरभपुलले पनि गैर खेलाडी कर्मचारीको तलबका लागि सरकारमा भर पर्ने निर्णय गरेर पछि त्यसबाट पछाडि हटेको थियो ।

प्रकाशित : वैशाख २, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?