लन्डन — लिभरपुल लेजेन्ड केनी डलग्लिसलाई कोरोना भाइरसले छोएको उनको परिवारले शुक्रबार पुष्टि गरेको छ । उनमा यो संक्रमणको लक्षण भने देखा परेको छैन ।
स्कटल्यान्डका पूर्व खेलाडी ६९ वर्षीय डलग्लिसलाई बुधबार फरक संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो । परिवारले भनेको छ, ‘कुनै प्रकारले बिरामी नभएपनि उहाँमा कोरोना भाइरसको संक्रमण भएको छ ।’
सन् १९७७ मा लिभरपुलसँग आबद्ध भएका डगलसले त्यहाँ १३ वर्ष बिताउने क्रममा सात लिग, तीन एफए र तीन युरोपेली कप उपाधि जितेका थिए । उनले क्लबका लागि १ सय ७२ गोल गरे ।
