कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लिभरपुललाई उपाधि दिए हुन्छ’

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोआनले इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई प्रदान गर्नु उचित हुने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण लिग पूरा नहुने सम्भावनाबीच उनको यो भनाइ अगाडि आएको हो ।

‘लिभरपुललाई उपाधि दिए हुन्छ’

इंग्ल्यान्डमा अप्रिल ३० सम्मका लागि फुटबल स्थगितको स्थितिमा छ । लिग तालिकामा लिभरपुल दोस्रो स्थानमा रहेको सिटीमाथि २५ अंकले अगाडि छ । लिभरपुललाई ३० वर्षपछि पहिलो पल्ट लिग उपाधि जित्न दुई जित मात्र आवश्यक छ ।


जर्मनीका २९ वर्षीय खेलाडीले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘लिभरपुललाई उपाधि दिए हुन्छ । मलाई केही फरक पर्दैन । हामी सबै खेल भावनाबाट प्रेरित हुनु पर्छ ।’

प्रकाशित : चैत्र १७, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?