एनबीए टोली न्युयोर्क निक्सका मालिकलाई कोरोना संक्रमण 

चैत्र १६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी बास्केटबल टिम न्युयोर्क निक्सका मालिक जेम्स डोलानलाई कोरोना भाइरसको संक्रमण भएको छ । आइतबार न्युयोर्क निक्स पीआरको ट्विटर ह्यान्डलमाफर्त डोलानलाई कोरोना संक्रमण भएको आधिकारिक जानकारी दिइएको हो । 

उनलाई सामान्य समस्या मात्रै देखिएको र सेल्फ आइसोलेसनमा बसेको पनि ट्वीटमा उल्लेख छ । उनी नेसनल हकी लिग(एनएचएल) अन्तर्गतको टिम न्युयोर्क रेञ्जर्सका समेत मालिक हुन् । त्यस्तै उनी म्याडिसन स्क्वायर गार्डेन कम्पनीका सीईओ र एमएसजी नेटवर्कका कार्यकारी अध्यक्षसमेत हुन् । 

यसअघि केभिन डुरान्ट, मार्कस स्मार्टलगायत एनबीए खेलाडीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

अमेरिकामा आइतबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय २९ पुगेको छ । त्यस्तै एक लाख २३ हजारभन्दा बढी संक्रमित भएका छन् । 

कान्तिपुर

Link copied successfully