लकडाउनको मेला : घरमै फेस सिल्ड [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंका अमित मेचा र लक्ष्मी महर्जनले लकडाउनका बेला घरमै थुनिएर बस्नुपर्ने समयको सदुपयोग गरी 'फेस सिल्ड' बनाइरहेका छन् । उनीहरुले बनाइएका फेस सिल्ड प्रहरी, ट्राफिक प्रहरी तथा पत्रकारलाई निशुल्क बाँडेका छन् । घरमा आफैं बनाइएका यस्ता फेस मास्कले कोरोनाको संक्रमणबाट जोगाउन सक्छ कि सक्दैन त्यो अर्कै कुरा हो । तर उनीहरुले देखाएको सेवाभावको कदर भने हुनैपर्छ ।

प्रकाशित : चैत्र १७, २०७६ १३:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुई नगरपालिकामा तयार भए ६८ क्‍वारेन्टाइन

हरिराम उप्रेती

गोरखा — पालुङटार र गोरखा नगरपालिकामा सामूहिक क्वारेन्टाइनस्थल तयार भएका छन् । गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना वहिरा आवासीय माविमा ५० वेड क्षमताका क्वारेन्टाइन बनाइएको हो । 

गोरखा नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी दुई दिनमा सुविधा सम्पन्‍न क्‍वारेन्टाइन निर्माण गरेको छ । खाना, खाजाको व्यवस्थासहित सुविधा सम्पन्‍न क्‍वारेन्टाइनस्थल निर्माण भएको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी रेग्मीले बताए ।

पालुङटार नगरपालिका–५ धरमपानीको धर्मावति प्राविमा पनि १८ वेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ । ‘वेडहरु तयार गरिसक्यौँ, तातोपानी चिसोपानीको पानी लगायत आधारभूत रुपमा चाहिने सबै चिजको व्यवस्थापन गरेका छौँ,’स्वास्थ्य शाखाका कर्मचारी दिपेन्द्र गिरीले भने ।

आपपीपिपल अस्पतालमा चार वेडको आइसोलेसन वार्ड तयार भइसकेको उनले बताए । शंकास्पद बिरामी भेटिए क्वारेन्टाइनमा राख्ने योजना बनाइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १३:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×