रास्वपाको सदस्यता लिनेको संख्या झन्डै ५ लाख, १८ वर्षमुनिकै ३५ हजारभन्दा बढी

नेपालको कानुनअनुसार १८ वर्ष नपुगेका व्यक्तिलाई राजनीतिक दलको औपचारिक सदस्य वा पदाधिकारी बनाउन पाइँदैन । राजनीतिक दलसम्बन्धी ऐन-२०७३ अनुसार कुनै पनि दलको सदस्यता लिन १८ वर्ष पूरा भएको हुनुपर्छ ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

The number of RSVP members is nearly 500,000, with more than 35,000 under the age of 18.

What you should know

काठमाडौँ — रास्वपाको सदस्यता लिने संख्या ५ लाखभन्दा बढी रहेका छन् । चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा रास्वपा सदस्यमध्ये ७५ प्रतिशत पुरुष र १७ प्रतिशत महिला रहेको उल्लेख छ । रास्वपाको कुल सदस्यता संख्या ५ लाख २३ हजार ४ सय ६५ रहेको छ । 

विवरणअनुसार रास्वपामा पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७ सय ८९ रहेको छ भने महिला सदस्यको संख्या ८९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै अन्यको संख्या ५ सय ८८ रहेको छ । 

त्यस्तै उमेर समूहका आधारमा सबैभन्दा बढी १८ देखि ४५ वर्ष रहेको छ । उक्त उमेर समूहका सदस्यको संख्या ३ लाख ३५  हजार ४ सय ७८ रहेको छ । त्यस्तै ४६ देखि ६५ वर्ष उमेर समूहका सदस्य संख्या ९८ हजार ८ सय ५७ र ६५ वर्षमाथिका सदस्य संख्या १३ हजार ६ सय ८२ रहेको छ । 

महामन्त्री बुर्लाकोटीले पेस गरेको विवरणअनुसार रास्वपामा १८ वर्षमुनिका समेत सदस्य रहेका छन् । उक्त उमेर समूहका ३५ हजार २ सय ५७ सदस्य रहेका छन् । 

The number of RSVP members is nearly 500,000, with more than 35,000 under the age of 18.

नेपालको कानुनअनुसार १८ वर्ष नपुगेका व्यक्तिलाई राजनीतिक दलको औपचारिक सदस्य वा पदाधिकारी बनाउन पाइँदैन । राजनीतिक दलसम्बन्धी ऐन-२०७३ अनुसार कुनै पनि दलको सदस्यता लिन १८ वर्ष पूरा भएको हुनुपर्छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ७ मा कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी प्रावधान रहेको छ । 

 पनि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न नपाइने कानुनी प्रावधान रहेको छ ।  त्यस्तै संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिले १८ वर्षमुनिका बालबालिकालाई राजनीति र राजनीतिक दलको दुरुपयोगबाट जोगाउनुपर्ने व्यवस्था गरेको छ ।

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully