नेपालमा राजा चाहिन्छ भन्नेले पनि रास्वपालाई भोट दिएका छन् : अध्यक्ष लिङ्देन

हिजो अरूले ठीक लगाए, हामी पनि ठीक गर्छौं भन्ने हो भने जनता निराश हुनेछन् । निषेधको होइन, सहमतिको राजनीति गरौं : अध्यक्ष लिङ्देन

असार ७, २०८३

कान्तिपुर संवाददाता

Even those who said Nepal needs a king have voted for the Rashtriya Swayamsevak Sangh (RSS): Chairman Lingden

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्छ भनेर रास्वपालाई सबैले भोट दिएको बताएका छन् । भरतपुरमा आइतबार रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, 'नेपालमा राजा चाहिन्छ भन्नेले पनि रास्वपालाई भोट दिएका छन् ।' 

त्यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि जनमतका समर्थकले पनि रास्वपालाई मत दिएको बताएका थिए । 

अध्यक्ष लिङ्देनले रास्वपालाई ऐतिहासिक मौका दिएको बताए । उनले विगतमा सत्तापक्षले प्रतिपक्षलाई बेवास्ता गरेको उल्लेख गर्दै रास्वपालाई त्यस्तो नगर्न सचेत गराए । ‘हिजो अरूले ठीक लगाए, हामी पनि ठीक गर्छौं भन्ने हो भने जनता निराश हुनेछन् । निषेधको होइन, सहमतिको राजनीति गरौं,’ उनले भने ।

रास्वपाले देश बनाउने अवसर पाएको पनि उनको भनाइ छ । देशका सब जिल्ला र सबै वडामा संगठन नबनाएको पार्टीलाई जनताले मत दिएको भन्दै उनले भने, 'जनताको विश्वासलाई मर्न नदिनूस् ।'

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully