कोशीका ३ क्षेत्रमा माटो अगाडि

भोजपुर, धनकुटा र पाँचथरमा श्रम संस्कृतिका उम्मेदवार अगाडि

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Soil ahead in 3 areas of Koshi

काठमाडौँ — धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ३ क्षेत्रमा अगाडि रहेको छ । श्रम संस्कृतिको चुनाव चिह्न अञ्जुलीभरि माटो रहेको छ । 

भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले ४ सय ६७ मत पाएका छन् । उनलाई एमालेका शेरधन राईले पछ्याइरहेका छन् । शेरधनको ४६० मत पाएका छन् । कांग्रेसका बालकृष्ण थापा ३ सय ७० मतसहित तेस्रो र रास्वपाका रमेश थापा २ सय ७१ मतसहित चौथो स्थानमा छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार पाँचथरमा ब्रबिम शेर्मा र धनकुटामा सानबहादुर राईले अग्रता लिएका छन् । शेर्माले ३ सय ३ मत पाउँदा धनकुटामा राईले १ हजार ५ सय ९० मत पाएका छन् । शेर्मालाई कांग्रेसका नरेन्द्रकुमार केरुङले र धनकुटाका राईलाई एमालेका राजेन्द्र राईले पछ्याइरहेका छन् । यता पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रभाव क्षेत्र मानिने सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता कायमै छ । उनी दोस्रो छन् । 

कान्तिपुर

Link copied successfully