३ बजेसम्म ७४ लाख मत खस्यो 

सबैभन्दा बढी कोशीमा ५८ प्रतिशत अर्थात १३ लाख ५९ हजार ८ सय १६ मत खसेको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

7.4 million votes cast by 3 pm

काठमाडौँ — दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ७४ लाख १४ हजार १ सय १ मत खसेको छ । कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको छ । 

सबैभन्दा बढी कोशीमा ५८ प्रतिशत अर्थात १३ लाख ५९ हजार ८ सय १६ मत खसेको छ । त्यस्तै सबैभन्दा मत लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा १३ लाख ६७ हजार ९ सय ६६ मत खसेको छ । 

१५ निर्वाचन क्षेत्र रहेको उपत्यकामा ५१ प्रतिशत अर्थात ६ लाख २४ हजार ९ सय ३४ मत खसेको छ । उपत्यकाको कुल मतदाता संख्या ११ लाख ८५ हजार ३ सय ७४ रहेको छ । 

कहाँ कति खस्यो मत ?

7.4 million votes cast by 3 pm

कान्तिपुर

Link copied successfully