कीर्तिपुरका पूर्वप्रमुख महर्जन नेकपामा प्रवेश

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहालसहितका नेताले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

फाल्गुन १०, २०८२

रासस

Former Kirtipur chief Maharjan joins NCP

काठमाडौं — कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहालसहितका नेताले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरू दुवै एमाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा संयोजक दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा पनि राखेका छन् । 

रासस

Link copied successfully