निर्वाचन प्रचारमा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचन चिन्हको भौतिक स्वरुप प्रचारका क्रममा बोक्दा जनसमुदायको शान्तिमा प्रतिकुल असर परेको र भन्दै यस्तो नगर्न निर्वाचन आयाेगले निर्देशन दिएको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Commission directs against using physical form of election symbol in election campaign

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन प्रचारका क्रममा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्हको भौतिक स्वरूप प्रचारका क्रममा प्रयोग नगर्न निर्देशन दिएको हो । 

यसरी निर्वाचन चिन्हको भौतिक स्वरुप प्रचारका क्रममा बोक्दा जनसमुदायको शान्तिमा प्रतिकुल असर परेको र यस्तो नगर्न आयाेगले निर्देशन दिएको हो ।

राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिन्हको प्रचार गर्न सक्ने तर सोको सट्टा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिन्ह लिई निर्वाचन प्रचार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासोहरू आएको आयोगको भनाइ छ । 

कान्तिपुर

Link copied successfully