जेन-जी आन्दोलनले गरेको खबरदारीपछि सच्चिएर अघि बढेका छौं : प्रदीप पौडेल

अहिलेको विषय नेतृत्व परिवर्तन मात्रै नभई नीतिगत रुपमा थप प्रस्ट भएर आउनुपर्ने रहेको उनले बताए ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

We have moved forward with conviction after the warnings issued by the Gen-G movement: Pradeep Poudel

काठमाडौँ — कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन-जी आन्दोलनले गरेको खबरदारी सच्याएर आफूहरु अघि बढेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको अन्तिम सत्र 'नीति, नेता र नेतृत्व' विषयक संवादमा बोल्दै उनले आफूहरुले जेन-जी आन्दोलनले अराजकता मच्चाएको नभनेको बताए । 'त्यहाँभित्र राजनीतिक विषयहरूसहित विद्रोह भएको हो । हामीमाथि पनि खबरदारी भएको हो । त्यसलाई सुनेर हामीले आफैलाई सच्याउनुपर्छ,' उनले भने ।

अहिलेको विषय नेतृत्व परिवर्तन मात्रै नभई नीतिगत रुपमा थप प्रस्ट भएर आउनुपर्ने रहेको उनले बताए ।

'अब हामी प्रश्न मात्रै खोजिरहने, शंकामात्रै गरिरहने अवस्थाबाट सकारात्मकतातिर पनि जाने हो कि,' उनले भने, 'प्रशस्त गल्ती छन् र तिनलाई सच्याउनुपर्छ भनेका थियौं । नागरिकले पनि तिमी सच्चिएर आऊ भनेको सुनेका थियौं ।'

महामन्त्री पौडेलेले आज ठूला पुराना दलहरू मिलेर चुनाव लड्ने स्थिति नरहेको बताए । 

कान्तिपुर

Link copied successfully