टिकट पाउँदैमा मेरो पार्टीले अवलम्बन गरेको प्रणाली ठिक छ भन्नु हुँदैन : योगेश भट्टराई

उनले २३ र २४ भदौको घटनाले देशको वस्तुगत अवस्थालाई बदलिदिएको बताए ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

One should not say that the system adopted by my party is correct in getting tickets: Yogesh Bhattarai

काठमाडौँ — एमाले उपमहासचिव योगेश भट्टराईले २१ फागुनमा हुन लागेको चुनावमा एमालेबाट आफूले किन उम्मेदवार बन्न टिकट नपाएको भन्ने प्रश्न कसैले नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभ २०२६ को 'नीति, नेता र नेतृत्व' शीर्षकको सत्रमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीले तलको पार्टी सदस्यहको भावना प्रतिनिधित्व गर्दै निर्वाचनमा उम्मेदवार छनोट गरेको छ । तर, एकाध ठाउँमा नेतृत्वको सोच, दाबी पनि प्रिभेल गर्‍यो होला ।’ यद्यपि, यो प्रकरणबाट यसलाई प्रणालीगत हिसाबले कसरी सुधार्ने भन्ने ठाउँमा पुगिने उनले बताए ।

‘मैले टिकट पाउँदैमा मेरो पार्टीले अवलम्बन गरेको प्रणाली ठिक छ भन्नु हुँदैन । मैले टिकट पाए पनि नपाए पनि पार्टीले अवलम्बन गरेको प्रणाली गलत हुन सक्छ,’ उनले भने । 

अर्को प्रसंगमा उनले टिकट नपाएर फुर्सदमा रहेको बताए । यही सत्रमा सहभागी कांग्रेस महामन्त्री प्रदीप पौडेलतिर संकेत गर्दै उनले भने, ‘उहाँ निकै व्यस्त हुनुहुन्छ, तर म अनि यहीँ रहनुभएकी सुमना श्रेष्ठ फुर्सदिलो छौं ।’ 

उनले २३ र २४ भदौको घटनाले देशको वस्तुगत अवस्थालाई बदलिदिएको बताए । ‘कतिपयले केही पनि चेन्ज भएन भन्ने लागेको होला, तर मार्क्सले पनि भन्नुभएको छ- जब वस्तुगत अवस्थामा बदलाब आउँछ, तब तिम्रो विचार बदल ।’

कान्तिपुर संवाददाता

Link copied successfully