सुशासनमा पर्याप्त ध्यान नदिँदा परिवर्तन ओझेलमा परे : प्रदीप पौडेल

'जेनजी आन्दोलन सुशासनको कमीबाट जन्मिएको हो, हामीले त्यसलाई राजनीतिक रूपमा बुझेका छौं ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Change was lost due to lack of sufficient attention to good governance: Pradeep Poudel

काठमाडौँ — कांग्रेस महामन्त्री प्रदीप पौडेलले देशमा धेरै परिवर्तन भए पनि सुशासनमा पर्याप्त ध्यान नदिँदा ती परिवर्तन ओझेलमा परेको बताएका छन्।

 ‘२०४८ देखि धेरै परिवर्तन भयो, तर सुशासन हुन सकेन। त्यसैले भएका सबै उपलब्धि ओझेलमा परे,' कान्तिपुर कन्क्लेभ–२०२६ अन्तर्गत 'नीति, नेता र नेतृत्व' सत्रमा बोल्दै महामन्त्री पौडेलले भने,'त्यसैले हामीभित्र पनि बहस हुनु जरुरी छ ।” 

महामन्त्री पौडेलले राजनीति प्रश्न खोज्ने बाटोमा मात्र सीमित नरही समाजलाई सकारात्मक दिशातर्फ लैजाने उपाय खोज्नु पनि आजको आवश्यक रहेको धारणा राखे ।

सुशासनको अभावकै कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै उनले त्यसलाई कांग्रेसले राजनीतिक रूपमा हेरेको बताए । 'जेनजी आन्दोलन सुशासनको कमीबाट जन्मिएको हो र हामीले त्यसलाई राजनीतिक रूपमा बुझेका छौँ,' उनले भने।

उनले सुशासन, जवाफदेहिता र नीतिगत स्पष्टतामार्फत मात्र जनविश्वास पुनःस्थापित गर्न सकिनेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully