विचारधाराको बहस अपेक्षित रूपमा अगाडि बढ्न नसक्दा समस्या : घनश्याम भुसाल

'विचारको बहस थिग्रिएको छ । यही नै समस्याको जड देखिन्छ ।’

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Problem is that ideological debate is not progressing as expected: Ghanshyam Bhusal

काठमाडौँ — राजनीतिज्ञ घनश्याम भुसालले नेपाली समाजमा विचारधारासम्बन्धी बहस अपेक्षित रूपमा अगाडि बढ्न नसक्दा समस्या देखिएको बताएका छन् । उनले सामान्य समाजशास्त्रीको दृष्टिकोणबाट हेर्दा पनि यो विषयमा छलफल थिग्रिएको अवस्थामा रहेको उल्लेख गरे ।

कान्तिपुर कन्क्लेभको पाँचौं सत्र ‘विचारधाराको अन्त्य’ मा बोल्दै भुसालले भने, ‘सामान्य समाजशास्त्रीको हिसाबले हेर्दा पनि यो विषयमा छलफल अगाडि बढेको छैन, थिग्रिएको अवस्था छ । यही नै समस्याको जड देखिन्छ ।’

उनका अनुसार राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट हेर्दा संविधान जारी भएपछि विकासको अवस्था र राष्ट्रिय आकांक्षा स्पष्ट रूपमा बनेको छ । तर ती आकांक्षाले अझै ठोस बाटो नपाएकाले समाजमा निराशा छाएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully