पुरानो नराम्रो, नयाँ राम्रो भन्ने भाष्य गलत : मनोज गजुरेल

गजुरेलले भाषा, संस्कृति, कला र राजनीति सबै क्षेत्रमा हास्य–व्यङ्ग्य आवश्यक रहेको बताए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

The comment that old is bad, new is good is wrong: Manoj Gajurel

काठमाडौँ — हास्य कलाकार मनोज गजुरेलले कमेडी केवल मनोरञ्जनको विषय मात्र नभई समाजसँग गहिरो रूपमा जोडिएको विषय भएको बताएका छन् ।

उनले पुरानो नराम्रो र नयाँ राम्रो भन्ने आम भाष्य गलत रहेको उल्लेख गर्दै नयँ–पुरानो दुवैमा राम्रो र नराम्रो पक्ष हुने बताए । कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको 'आफैंमाथि व्यंग्य लेख्दै नेपाली राजनीति’ कार्यक्रममा बोल्दै गजुरेलले भने, ‘यो कमेडीको मात्र कुरा होइन, समाजकै कुरा हो । पुरानो नराम्रो र नयाँ राम्रो भन्ने सोच सही होइन । अहिले फरक यति मात्र हो कि नयाँ पुस्ताले त्यसलाई नयाँ रङ दिएको छ, नयाँ रूप दिएको छ ।’

हास्य–व्यङ्ग्यको महत्वबारे चर्चा गर्दै गजुरेलले भाषा, संस्कृति, कला र राजनीति सबै क्षेत्रमा हास्य–व्यङ्ग्य आवश्यक रहेको बताए । भाषा र पहिचानको सम्बन्धमा उनले भने, ‘भाषा बाँचे देश बाँच्छ, जाति बाँचे हामी बााच्छौं । हामी बाँचे हाम्रा छोराछोरी बाँच्छन् । त्यसका लागि भाषा र संस्कृतिको संरक्षण अनिवार्य छ ।’

कान्तिपुर

Link copied successfully