'समयसँगै दर्शकको रुचि र मनोविज्ञान परिवर्तन भएको छ'
काठमाडौँ — हास्य कलाकार मनोज गजुरेलले अहिलेका युवापुस्ताले छोटो कमेडी प्रस्तुति बढी रुचाउने गरेको बताएका छन् ।
कान्तिपुर कन्क्लेभको चौथो सत्र ‘आफैंमाथि लेख्दै नेपाली राजनीति’ मा बोल्दै उनले समयसँगै दर्शकको रुचि र मनोविज्ञान परिवर्तन भएको उल्लेख गर्दै युवाहरू लामो कुरा सुन्न वा हेर्न धैर्य गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
‘अहिलेका युवापुस्ताले छोटो सामग्री मन पराउँछन् । लामो भयो भने बीचमै ल्याङ हुन्छ । मानिसहरूको मनोविज्ञान नै छोटो हेर्न र छिटो बुझ्न चाहनेतर्फ गएको छ,’ उनले भने ।
