लजिकल जवाफ वा जोक्स भएपछि डराउनु पर्दैन : सुन्दर खनाल

उनले भने- 'कमेडी गरेका आधारमा कसैले धम्की दिन्छ भने उसलाई त्यहीअनुसार जवाफ दिन सकिन्छ ।'

माघ २६, २०८२

कान्तिपुर संवाददाता

No need to be afraid of logical answers or jokes: Sundar Khanal

काठमाडौँ — हास्य कलाकार सुन्दर खनालले कमेडी गरेको आधारमा कसैले धम्की दिन्छ भने उसलाई त्यहीअनुसार जवाफ दिन सकिने बताएका छन् ।

‘कान्तिपुर कन्क्लेभ–२०२६’ को चौथो सत्र 'आफैंमाथि व्यंग्य लेख्दै नेपाली राजनीति'मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी आफूले तयारी गरेर कमेडी गर्नुपर्छ । कहिलेकाहीँ राजनीतिमा कसैको पक्ष र विपक्षमा बोलेको भनेर गुनासो पनि आउँछ,’ खनालले भने, ‘कसैले कुट्ने धम्काउने गर्छ । लजिकल जवाफ वा जोक्स भएपछि डराउनु पर्दैन । जसरी धम्काउँछन् वा कुट्न खोज्छन् भने त्यसरी नै जवाफ दिँदा हुन्छ।’

कान्तिपुर कन्क्लेभ–२०२६

कान्तिपुर

Link copied successfully