‘सरकार कमजोर हुँदा देशका युवाको अवस्था दयनीय बनेको छ । वैदेशिक रोजगारी बाध्यता बनेको छ ।'
काठमाडौँ — जेन-जी आन्दोलनका घाइते प्रकाश बोहराले देशको अवस्था र पारिवारिक कारणले आफूजस्तै धेरै युवा बिदेसिनुपरेको बताएका छन् ।
'आफू जुन गतिमा हिँड्न चाहेको थिएँ, सरकारले नै दिएन,' कान्तिपुर कन्क्लेभको सत्र 'जेन-जी विद्रोह : जुत्ताको कथा'मा बोल्दै उनले भने, 'सरकारले युवाका लागि केही गर्न नसकेपछि म युक्रेन युद्धमा जान बाध्य भएँ ।'
पढाइ सकेर लोकसेवा आयोगको परीक्षा दिए पनि सफल नभएपछि आर्मी हुने चाहना राखेको उनले बताए ।'तर कोभिडको समयमा सबै कुरा बिग्रियो,’ उनले भने, ‘सरकार कमजोर हुँदा देशका युवाको अवस्था दयनीय बनेको छ । वैदेशिक रोजगारी बाध्यता बनेको छ ।'
जेन–जी विद्रोहको आइकन बनेको रगताम्मे जुत्ता उनै २८ वर्षीय प्रकाश बोहराको थियो । दैलेखको नारायण नगरपालिका–८ स्थायी घर भएका उनको खुटामा गोली लागेको थियो । 'युद्धभूमिका नङ पनि झरेको थिएन तर यहाँ प्रश्न गर्दा सरकारले मलाई गोली हान्यो,' उनले भने ।
