आन्दोलनले राम्रो गर्यो कि नराम्रो भनेर हेर्नुभन्दा पनि अब के गर्ने भन्नेतिर चासो दिनुपर्ने उनले बताइन् ।
काठमाडौँ — ट्युनिसियन गायिका एमेल माथलुथीले अरबका देशहरु लामो समयदेखि तानाशाहीको शासन व्यवस्था र गलत व्यवस्थाअन्तर्गत जीवन जिउन बाध्य भएको बताएकी छन् ।
कान्तिपुर कन्क्लेभको सत्र 'आन्दोलनबाट अवसरतर्फ'मा बोल्दै उनले भनिन्, 'एकदिन त्यो क्रान्ति हुनु नै थियो । जब त्यहाँका जनताहरुलाई लामो समयसम्म दबाबमा राखिन्छ । एकदिन त्यो विस्फोट हुने नै छ । हुनुपर्छ ।'
आन्दोलनले राम्रो गर्यो कि नराम्रो भनेर हेर्नुभन्दा पनि अब के गर्ने भन्नेतिर चासो दिनुपर्ने उनले बताइन् । 'म विगतमा फर्किन चाहन्नँ । अघि बढ्न चाहन्छु र भोलिका दिनमा राम्रो हुनेछ,' उनले भनिन् ।
