नेपाली कम्युनिष्ट पार्टीले सोलुखुम्बुमा युवा नेता असिम राईलाई उम्मेदवार बनायो

राई २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाबाट अध्यक्षमा विजयी भएका थिए ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Nepali Communist Party names youth leader Asim Rai as candidate in Solukhumbu

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीले सोलुखुम्बुमा युवा नेता असिम राईलाई उम्मेदवार बनाएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहेका राईलाई नेकपा संयोजक पुष्पकमल दाहालले २१ फागुनका लागि तय प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट सोलुखुम्बुको उम्मेदवार बनाएका हुन् ।

प्रतिनिधि सभामा सोलुखुम्बु एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो । राई २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाबाट अध्यक्षमा विजयी भएका थिए । एमालेले कल्पना राईलाई उम्मेदवार बनाएको छ ।

सोलुखुम्बुबाट अघिल्लो चुनावमा एमालेका मानवीर राईले जितेका थिए । कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । अन्य दल पनि उम्मेदवार चयनमा जुटेका छन् ।

कान्तिपुर

Link copied successfully