आयोगको निर्णयविरुद्ध देउवा पक्षको नाराबाजी

देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Deuba's faction raises slogans against the commission's decision

काठमाडौँ — निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्।

आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध नाराबाजी गरेका हुन्।

आइतबार नै देउवा पक्षधर नेताहरूले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।

सोही दिन प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने कार्यतालिका रहेको छ।

कान्तिपुर

Link copied successfully