निर्वाचन आयोग पार्टीको विधानविपरीत षड्यन्त्र र दबाबमा नपरोस् : पूर्णबहादुर खड्का

उनले कांग्रेसको विधान विपरित आयोगले निर्णय गरे वडावडामा आन्दोलन पनि गर्ने बताए।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Election Commission should not fall under conspiracy and pressure against party's constitution: Purna Bahadur Khadka

काठमाडौँ — शेरबहादुर देउवा पक्षका नेता पुर्णबहादुर खड्काले निर्वाचन आयोग दबाब र षडयन्त्रमा पर्न नहुने बताएका छन्

बिहान आयोगमा पुगेपछि फर्केका खड्काले पार्टी कार्यलय सानेपमा बोल्दै भने, ‘पार्टीको विधान र संविधान विपरित काम गरे आयोगले लोकतन्त्रको कालो बादललाई साथ दिनेछ भने अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेस देशभर आन्दोलित हुनेछ।’ उनले कांग्रेसको विधान विपरित आयोगले निर्णय गरे वडावडामा आन्दोलन पनि गर्ने बताए।

खड्काले विशेष महाधिवेशनको औचित्य सकिएको अवस्थामा त्यसको कुनै वैधता नरहेको बताएका छन्। उनले भने, ‘विशेष महाधिवेशन गर्नु भनेको पार्टी विखन्डनको कदम हो। पार्टी संकटमा परेको बेला यस्तो भेला आयोजना गर्नु उचित छैन। धेरै कुरा भ्रममा पारिएको छ। सभापतीले 'हामी उठाएका सबै कुरा सम्बोधन गर्छौं' भनेका थिए। तर अहिले भ्रामक कुरा प्रस्तुत भइरहेको छ।’

खड्काले विधानको केन्द्र केन्द्रीय समिति रहेको भन्दै, विशेष महाधिवेशन पक्षधरहरूले झुटो कुरा फैलाइरहेको दाबी पनि गरे। उनले भने, ‘विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्याउने उद्देश्यमा केन्द्रित भएको र त्यसको आयोजना अवैधानिक छ।’

सम्बन्धित समाचार

नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का

कान्तिपुर

Link copied successfully