देउवा पक्षधर नेताहरुलाई पत्रकारहरुले अरु पनि प्रश्न सोध्ने प्रयास गरेका थिए। तर उनीहरु प्रश्न सुन्ने अवस्थामा देखिएनन्।
काठमाडौँ — शेरबहादुर देउवा पक्षधर कांग्रेस नेताहरुले पार्टी कार्यलय सानेपामा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले तपाइँहरुको घरझगडाले आसन्न चुनाव प्रभावित हुन्छ कि हुँदैन सोधेका छन् ।
पत्रकारले सोधेको प्रश्नमा उत्तर दिदै विमलेन्द्र निधीले संक्षिप्तमा भने, ‘हुँदैन, हुँदैन्। चुनाव हुन्छ।’
निधिले बोल्दा बोल्दै पूर्णबहादुर खड्काले राखिसकेको माइक पनि उठाएर भने, ‘चुनाव हुन्छ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ।’ खड्का यतिमै रोकिएनन्। उनले थपे, ‘कांग्रेसले बहुमत ल्याउँछ। जय नेपाल।’
देउवा पक्षधर नेताहरुलाई पत्रकारहरुले अरु पनि प्रश्न सोध्ने प्रयास गरेका थिए। तर उनीहरु प्रश्न सुन्ने अवस्थामा देखिएनन्। बरु देउवा पक्षधर नेताहरुले आफूहरु फेरि निर्वाचन आयोग जान लागेको बताए।
बिहान देउवा पक्षधर नेताहरु निर्वाचन आयोग पुगेर फर्केका थिए। उनीहरुले आफूहरूले कुनै महाधिवेशन नगरेको दाबी गर्दै गगन थापा पक्षले पेश गरेको निवेदन स्वीकार नगर्न अनुरोध गरेका थिए। उनीहरु फर्केपछि विशेष महाधिवेशन पक्षधर नेताहरु आयोग पुगेका थिए।
सम्बन्धित समाचार
निर्वाचन आयोग पार्टीको विधानविपरीत षड्यन्त्र र दबाबमा नपरोस् : पूर्णबहादुर खड्का
