उनले निर्वाचन आयोगले संवेदनशील अवस्था हेरेर छिट्टै निर्णय गर्ने बताए ।
काठमाडौँ — वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसको विधानअनुसार वैधानिक रूपमा विशेष महाधिवेशन सम्पन्न भएकाले यसबारे निर्वाचन आयोगले छिट्टै निर्णय गर्ने बताएका छन् ।
उनले नेतृत्व चयनको विषय पनि विवादको विषय नभएको भन्दै विशेष महाधिवेशनले ध्वनिमतबाट पारित गरेर कार्यविधि बनाएको र सोहीअनुसार नेतृत्व चयन गरिएको बताए ।
केन्द्रीय समितिले बोलाउनुपर्ने विशेष महाधिवेशन महामन्त्रीले बोलाएको हुँदा वैधानिकता संकटमा पर्छ भन्ने एकथरी तर्कबारे सोधिएको प्रश्नमा उनले यो विवादको विषय नहुने बताए । उनले भने, 'केन्द्रीय कार्यालय महामन्त्रीको अन्तर्गत रहने भएकाले यो विषय त्यति ठूलो विवादको विषय हुँदैन ।'
उनले निर्वाचन आयोगले संवेदनशील अवस्था हेरेर छिट्टै निर्णय गर्ने बताए ।
