कांग्रेस केन्द्रीय कार्यसमिति भंग भइसकेको छ : गगन थापा

थापाले केन्द्रीय कार्यसमिति भंग भइसकेकाले सानेपामा बसेको बैठक वैध नभएको बताए ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee has been dissolved: Gagan Thapa

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् । 

भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले भने, 'केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । नयाँ केन्द्रीय कार्यसमिति गठन गर्ने प्रक्रियामा छौं । यो नेपाली कांग्रेस हो । हामी बीपी कोइराला, गणेशमान सिंहका सन्तान हौं । यही हो कांग्रेस ।'

उनले केन्द्रीय कार्यसमिति भंग भइसकेकाले सानेपामा बसेको बैठक वैध नभएको बताए । उनले भने, 'हामी दुवै महामन्त्री गएर आज बिहान भन्यौ । तपाईं कार्यकारी भूमिकाबाट बाहिरिइदिनुस् । सानेपाको कार्यसमिति सानेपा बस्न सक्दैन । किनकि केन्द्रीय कार्यसमिति अस्थित्व भंग भइसक्यो ।'


कान्तिपुर संवाददाता

Link copied successfully