देउवा निवासमा वार्ता लम्बिँदा केन्द्रीय कमिटी सुरु भएन

संस्थापन पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगे पनि बैठक कति बेला सुरु हुने भन्नेमा अन्योल कायमै रहेको छ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Central Committee meeting did not start as talks at Deuba residence dragged on

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा चलिरहेको छलफल लम्बिँदा बिहान ८ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ढिलाइ भएको छ।

संस्थापन पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगे पनि बैठक कति बेला सुरु हुने भन्नेमा अन्योल कायमै रहेको छ ।

संस्थापनका नेता एनपी साउदका अनुसार अहिलेसम्म बैठक कति बेला सुरु हुने निश्चित भएको छैन। उनले आफूहरू वार्ताको निष्कर्ष पर्खिरहेको बताए।

सभापति देउवा निवासमा बिहानैदेखि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग निर्णायक वार्ता भएको थियो। उक्त वार्ता सकिएलगत्तै देउवाले शेखर कोइरालालाई बोलाएर छलफल गरिरहेका छन्। पार्टी कार्यालय सानेपामा भने नेताहरू बैठक हुने भन्दै कुरिरहेको नेता साउदले बताए ।

बिहानदेखिचलेको कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकोबिचको भेटवार्ता निष्कर्षमा पुग्न सकेको थिएन् । उक्त भेट लगत्तै सभापती देउवाले शेखर कोइरालालाई थप परामर्शका लागि बोलाएका थिए । 

संस्थापनसँगको वार्ता विभिन्न स्वरुपमा वार्ता र छलफल जारी रहेका बेला भृकुटीमण्डपमा भने विशेष महाधिवेशनका प्रक्रियाहरु प्रभावित भएका छन् । 

सम्बन्धित समाचार

विशेष महाधिवेशन र नेतृत्व चयनको कानुनी वैधता के हुन्छ ?

कान्तिपुर

Link copied successfully