अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् ।
काठमाडौँ — भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी रहँदा विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बैठक बोलाएका छन् ।
अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् ।
संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेशलेखकसहितका नेताहरु देउवा निवास महाराजगञ्जमा पुगिसकेको बताइएको छ । मंगलबार दिनभर विभिन्न चरणमा भएका वार्ताहरु निष्कर्षविहीन भएका थिए ।
राति अबेरसम्म वार्ता भए पनि नेतृत्व परिवर्तनको विषयमा सहमति नहुँदा वार्ता निष्कर्षविहीन बनेको थियो । विशेष महाधिवेशन पक्षधर र वार्तामा सहभागी नेता गुरूराज घिमिरेले भने बिहानसम्म चमत्कार भयो भने पार्टी एकता हुने नभए नेतृत्व छनोट हुने बताएका थिए ।
