कांग्रेसको विशेष महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान नहुने 

राति मतदान गराउन गाह्रो हुने भएकोले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Congress special general convention: No voting for new leadership today

काठमाडौँ — भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ ।  

राति मतदान गराउन गाह्रो हुने भएकोले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए । 'अहिले साढे ७ बजेसम्म मनोनयनपत्र पूरा गराउँदैछौं । त्यसपछि हामी छलफल गरेर बाँकी प्रकियाबारे टुंग्याउँछौं,' संयोजक केसीले भने, 'राति नै मतदानमा जाने सोच छैन । रातभरि मतदान गर्न गह्रुँगो हुन्छ । भोलि बिहान हुन्छ होला ।' 

निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आजै राति ९ बजेदेखि मतदानको समयतालिका निर्धारण गरिएको थियो । संयोजक केसीका अनुसार अब नयाँ निर्वाचन तालिका आउनेछ । 

कांग्रेसमा १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । निर्वाचन समितिका संयोजक केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए । उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । 

केसीका अनुसार निर्वाचनबाट २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री पनि चयन हुनेछन् । उनले खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने जानकारी दिए ।

कान्तिपुर

Link copied successfully