१ बजे बोलाइएको कांग्रेस बैठक अझै सुरु भएन

अहिले संस्थापन र विशेष महाधिवेशन पक्षका केही नेता बालुवाटारमा वार्तामा छन् । वार्ताले के निष्कर्ष निकाल्छ, सोही बमोजिम केन्द्रीय समितिले निर्णय लिने एक केन्द्रीय सदस्यले बताए ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Congress meeting called for 1 pm has not yet begun

काठमाडौँ — दिउँसो १ बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक अहिलेसम्म सुरु भएको छैन ।

केन्द्रीय सदस्यहरु साढे १ देखि नै पार्टी मुख्यालय सानेपा आएर बैठक हल प्रवेश गर्न थालेका थिए ।

प्रवक्ता प्रकाशशरण महत, नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, मोहनबहादुर बस्नेत, दीपक गिरी, सुजाता कोइराला, चन्द्र भण्डारीलगायत केन्द्रीय कार्यालयमा पुगिसकेका छन् । अहिले पनि नेता कार्यकर्ता आउने क्रम चलिरहेको छ ।

विशेष महाधिवेशन पक्षधरसँग वार्ता जारी रहेकाले बैठक बस्न ढिलाइ भएको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले बताइन् । 

अहिले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका केही नेता बालुवाटारमा वार्तामा छन् । वार्ताले के निष्कर्ष निकाल्छ, सोही बमोजिम केन्द्रीय समितिले निर्णय लिने एक केन्द्रीय सदस्यले बताए । 'उतापट्टि के हुन्छ, हामी पर्ख र हेरको अवस्थामा छौं,' उनले भने ।

बालुवाटारमा जारी वार्तामा महाधिवेशन पक्षधर तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे, मधु आचार्य जुटेका छन् भने संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँणलगायत छन् ।

कान्तिपुर

Link copied successfully