‘विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादीको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलबादी सिद्धान्त तथा मूल्य मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।’
What you should know
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले पपुलिजम (प्रियतावाद) को चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा गर्ने बताएका छन्।
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक–राजनीतिक प्रस्ताव पेश गर्दै उनले पपुलिष्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत हुँदै लोकतन्त्र र संविधानको रक्षा गरिने बताए।
‘विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादीको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलबादी सिद्धान्त तथा मूल्य मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ,’ उनले प्रतिवेदनमा भनेका छन्। ‘यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलिदानी बनाएर होइन, चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ। यस्तो प्रवृत्तिलाई रोक्दै उदार तथा समावेशी लोकतन्त्र र बहुलबादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु कांग्रेसको ऐतिहासिक दायित्व हो।’
लोकतन्त्र चमत्कार नभई प्रणाली, पद्धति र प्रक्रिया भएको उनले जनाए। ‘लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्छ। सरकार र राजनीतिक पार्टीहरू जनताप्रति उत्तरदायी हुनुपर्छ। लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ र पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ,’ थापाले थपे। ‘लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ। पद्धतिको विकास भए मात्रै प्रणाली विकास हुन्छ।’
उनले लोकतन्त्र शासन प्रणाली मात्र नभएर जीवन पद्धति समेत रहेको औंल्याए। उनले विशेष महाधिवेशनमा पेश गरेको प्रस्तावमा लेखेका छन्, ‘लोकतन्त्र प्रणालीप्रधान तथा संस्थाप्रधान हुन्छ। लोकतन्त्र विधि सम्मत र प्रक्रियामुखी हुन्छ।’
सम्बन्धित समाचार
