गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?

‘कांग्रेसले लिन नसक्ने पहल र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमिक्षा तथा आत्मलोचना गर्दै क्षमा याचना गर्छौं।’

पुस २८, २०८२

कान्तिपुर संवाददाता

What is in the contemporary political proposal presented by Gagan Thapa?

काठमाडौँ — विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा कांग्रेसले विगतमा गरेका गल्तीप्रति आत्मालोचित भएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा लेखिएको छ, ‘कांग्रेसले लिन नसक्ने पहल र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमिक्षा तथा आत्मलोचना गर्दै क्षमा याचना गर्छौं ।’

प्रतिवेदनमा कांग्रेसको विगतदेखि अहिले पार्टीले तय गर्नुपर्ने बाटोसम्मका विषय समेटिएका छन्। जसमा जेन–जी विद्रोह र कांग्रेसको संकल्प छुट्टै शीर्षकमा उल्लेख गरिएको छ।

थापाले भदौ २३ र २४ गते भएका घटना तथा गम्भीर मानवअधिकार उल्लंघन र हिंसाजन्य ज्यादतीका घटनामा स्वतन्त्र छानबिन हुनुपर्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गरेका छन्। उनले कांग्रेसले विगतमा सरकार र संसदमा रहँदा सुशासन र सेवा प्रवाहका सन्दर्भमा गरेको पहल अपूर्ण भएको र प्रभावकारी ढंगले अघि बढाउन नसकेको कुरा आत्मआलोचनासहित स्वीकार गर्दै, त्यस्ता कमी–कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिवेदनमा क्षेत्रीय शक्ति असन्तुलनको विषय पनि समेटिएको छ। प्रतिवेदनमा उल्लेख छ कि ‘विश्वको सामरिक सन्तुलन एक ध्रुवबाट दुई ध्रुव हुँदै बहुध्रुवतर्फ अगाडि बढ्दा देखिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय असन्तुलनसँग सामना गर्न सक्ने कूटनीतिक क्षमता अभाव देखिएको छ।’

सम्बन्धित समाचार

गगनले प्रस्तुत गरे समसामयिक राजनीतिक प्रस्ताव [पूर्ण पाठ]

कान्तिपुर संवाददाता

Link copied successfully