वैधानिक संकट देखिएपछि कानुनी परामर्शमा सभापति देउवा

बहुमत महाधिवशेन प्रतिनिधि आफ्नो विपक्षमा देखिएपछि देउवाले आफू निकट नेता र कानुनविद्लाई सँगै राखेर छलफल थालेका हुन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

President Deuba seeks legal advice after legal crisis looms

What you should know

काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनसमेत गर्न अघि बढेपछि सभापति शेरबहादुर देउवाले कानुनविद्‍हरुसँग परामर्श थालेका छन् ।

बहुमत महाधिवशेन प्रतिनिधि आफ्नो विपक्षमा देखिएपछि वैधानिक संकटमा पर्ने भएपछि देउवाले आफू निकट नेता र कानुनविद्लाई सँगै राखेर छलफल थालेका हुन् । 

निजी निवास महाराजगन्जमा देउवाले शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेतालाई राखेर कानुनी परामर्श थालेका हुन् । देउवाले बोलाएको बैठकमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती नेतृत्वमा कानुनविद्हरु पुगेका हुन् । अर्का कानुनविद् योगेन्द्रबहादुर अधिकारी पनि सहभागी भएको स्रोतले जानकारी दिएको छ ।

बैठकमा शेखर पक्षका मीनेन्द्र रिजाल, जीवन परियार लगायतका नेता सहभागी भएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख बनेको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत अहिले भृकुटीमण्डपस्थित हलमा बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् भने अर्का महामन्त्री थापाले पनि प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बन्दसत्रले पारित विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ। जसमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन लगायतका व्यवस्था छन्।

उक्त कार्यविधिमा उल्लेख भएअनुसार बन्दसत्रमा महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति भंग गरी अर्को नियमित महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति चयनको प्रस्ताव गर्न सक्नेछन्। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले तत्काल नेतृत्व परिवर्तन गरी फागुन २१ को निर्वाचनमा जानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ।

कान्तिपुर

Link copied successfully