विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतिर, कार्यवाहक सभापतिको अपिल- 'एकतामा असर पर्ने काम नगराैं' 

विशेष महाधिवेशन बन्दसत्रमार्फत केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेपछि संस्थापन पक्षले अपिल जारी गरेको हो ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Special General Convention to elect new leadership, Acting President's appeal - 'Don't do anything that will affect unity'

काठमाडौँ — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने गतिविधि नगर्न आग्रह  गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूले बन्दसत्रमार्फत केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेपछि संस्थापनले एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल गरेको हो । 

'नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू,  प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ', अपिलमा भनिएको छ । 

उनले यस्तो अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गरेका छन् । 

काठमाडौको भृकुटीमण्डपमा ५६ प्रतिशतभन्दा धेरै प्रतिनिधिले बन्दसत्र सञ्चालन गरेर नीति र नेतृत्व दुवै परिवर्तन गर्न लागेपछि संस्थापन पक्षबाट यस्तो अपिल आएको हो ।

Special General Convention to elect new leadership, Acting President's appeal - 'Don't do anything that will affect unity'

कान्तिपुर संवाददाता

Link copied successfully