कांग्रेस विशेष महाधिवेशन : के हुँदैछ भृकुटीमण्डपमा ?

महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: What is happening at Bhrikuti Mandap?

काठमाडौँ — भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी छ।

महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ। बन्द सत्र हुने हलमा कुर्सी मिलाएर तयारी अवस्थामा राखिएको छ। कतिपय प्रतिनिधिहरू भने नाम दर्ता गरेर बन्द सत्रमा प्रवेश गरिसकेका छन्।

महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने भनिए पनि त्यसपछि समय थप गरिने सम्भावना छ।Congress Special General Convention: What is happening at Bhrikuti Mandap?

आज बन्द सत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने तालिका रहेको छ। त्यसपछि नौ वटा समूह निर्माण गरी चार वटा विषयमाथि नीति मन्थन हुने कार्यक्रम छ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र कसरी सुरु हुन्छ ?

कान्तिपुर संवाददाता

Link copied successfully