विशेष महाधिवेशनमा सभापति जाने कार्यक्रम छैन : देउवा सचिवालय

सामाजिक सञ्जालमा देउवा सोमबारको बन्द सत्रमा सहभागी हुने भनेर प्रचार भएको भन्दै सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको हो।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

No plans for the President to attend the special general convention: Deuba Secretariat

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले जनाएको छ।

सामाजिक सञ्जालमा देउवा सोमबारको बन्द सत्रमा सहभागी हुने भनेर प्रचार भएको भन्दै सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको हो। देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भृकुटीमण्डपमा आज जाने भन्ने सूचना केही व्यक्तिहरूले सामाजिक सञ्जालमा फैलाएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए।

'सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ, उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,' भानुले भनेका छन्। 

कान्तिपुर

Link copied successfully