कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले गर्ने

अन्तिम समयसम्म पनि आग्रह गर्दा सभापति देउवा र कार्यवाहक सभापति खड्का नआउने भएका छन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

The two general secretaries will inaugurate the special general convention of the Nepali Congress.

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन बिहानदेखि विशेष महाधिवेशन पक्षधरले कसरत गरेका थिए । 'अन्तिम समयसम्म पनि प्रयास गर्‍यौं तर उहाँहरु नआउने भएपछि महामन्त्रीद्वयले उद्घाटन गर्नुहुनेछ,' एक नेताले भने ।

केहीबेरमा उद्‌घाटन कार्यक्रम सुरु हुँदै छ । उद्घाटनअघि ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाउँदै र्‍याली निकालेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully