कांग्रेस विशेष महाधिवेशन : ६ सयभन्दा बढी प्रतिनिधिले गराए नाम दर्ता

अहिले काठमाडौंका विभिन्न ठाउँबाट र कार्यकर्ताहरुको जुलुस भृकुटीमण्डप आउने क्रम जारी छ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: More than 600 delegates register

काठमाडौँ — कांग्रेसकाे विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिमध्ये ६ सयभन्दा बढीले नाम दर्ता गराइसकेका छन् ।

प्रचार–प्रचार समितिका संयोजक सुवास पोखरेलका अनुसार अहिलेसम्म ६ सय ३० प्रतिनिधिले कार्ड लिइसकेका छन् भने लिने क्रम जारी छ । आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जिल्ला–जिल्लाबाट हिँड्नेको संख्या २७ सय हाराहारीमा छ । यो भनेको करिब ६० प्रतिशत हो ।

‘कतिपय जिल्लाबाट हिँडेका प्रतिनिधिहरु अझै बाटोमा हुनुहुन्छ,’ धमलाले भने, ‘दर्ता प्रक्रिया सकिएपछि वास्तविक प्रतिनिधिहरुको रेकर्ड थाहा भइहाल्छ ।’

विशेष महाधिवेशनमा भेला भएका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिले महाधिवेशनस्थल भृकुटीमण्डपमा चहलपहल बढ्दै गएको छ । अहिले काठमाडौंका विभिन्न ठाउँबाट र कार्यकर्ताहरुको जुलुस भृकुटीमण्डप आउने क्रम जारी छ । 

उद्घाटन सत्र दिउँसो १ बजेका लागि तय गरिएको छ । 

Congress Special General Convention: More than 600 delegates register

कान्तिपुर

Link copied successfully