बिहानदेखि नै महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताको क्रम जारी छ । उद्घाटन सत्र दिउँसो १ बजेका लागि तय गरिएको छ ।
काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि भेला भएका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिले महाधिवेशनस्थल भृकुटीमण्डपमा चहलपहल बढ्दै गएको छ ।
बिहानदेखि नै महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताको क्रम जारी छ । उद्घाटन सत्र दिउँसो १ बजेका लागि तय गरिएको छ । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि काठमाडौँका विभिन्न ६ स्थानबाट र्याली-जुलुस निकालिँदै छ। ती जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ। उद्घाटन समारोह सम्पन्न भएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ।
![Congress Special General Convention: Workers' enthusiasm at Bhrikuti Mandap [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/congress-2-1112026061542-1000x0.jpg&w=1001&h=0)
![Congress Special General Convention: Workers' enthusiasm at Bhrikuti Mandap [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/611916323759712316564447377740389964902915n-1112026055701-1000x0.jpg&w=1001&h=0)