विशेष महाधिवेशन उद्‌घाटनपूर्व शेखर कोइरालाको प्रश्न- के हामी एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ ?

भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्‌घाटन हुनुपूर्व कोइरालाले भिडियो सन्देश जारी गर्दै पार्टीलाई सहकार्य, सहअस्तित्व र एकताको सुत्रमा बाँधेर अघि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Shekhar Koirala's question before the inauguration of the special general convention - Can't we hold a general convention that blows the trumpet of unity?

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा निकास ननिस्किँदासम्म आफू निरन्तर लडिरहने बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्‌घाटन हुनुपूर्व कोइरालाले भिडियो सन्देश जारी गर्दै पार्टीलाई सहकार्य, सहअस्तित्व र एकताको सुत्रमा बाँधेर अघि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता कोइरालाले विधानको कार्यान्वयन गर्ने संकल्प गरेका प्रतिनिधिहरूले एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समक्ष रहेकोमा समेत विश्वास व्यक्त गरेका छन्।

'एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नु परेको छ भने अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नु परिरहेको छ। मैले कांग्रेसको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्य समितिमा लिखित रूपमै राखेको छु । म चाहन्छु- कांग्रेसमा कतैबाट पनि विभाजनको प्राविधिक वा भावनात्मक सन्देश प्रवाह नहोस् । बीपीको मेलमिलाप कुनै कानुनको पानाबाट निस्केको थिएन, यो त उहाँको अन्तरात्माको आवाज थियो। म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजा बाबु र सुशील दा लगायतका अग्रजहरूले छाडेको पदचापबाट विचलित हुने छैन,' कोइरालाले भनेका छन्। 

कान्तिपुर

Link copied successfully