देउवालाई सुनिल शर्माको प्रश्न–‘कार्यकर्ताका यी मासुम अनुहारले तपाईंलाई गिज्याइरहेको छैन ?’

विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवालाई कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाएका हुन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Sunil Sharma's question to Deuba - 'Aren't these innocent faces of activists annoying you?'

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं सांसद सुनिल शर्माले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवालाई कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाएका हुन् । नेता शर्माले देशका विभिन्न कुनाबाट आएका प्रतिनिधिहरूको उपस्थितिलाई उल्लेख गर्दै नेतृत्वको ध्यानाकर्षण गराए ।

'यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केगाडदेखि सोलुखुम्बुको गाउँबाट आएका प्रतिनिधिहरूको यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ?' शर्माले प्रश्न गरे ।

उनले पार्टीको तल्लो तहका सामान्य क्रियाशील सदस्यदेखि केन्द्रीय नेता र महामन्त्रीसम्मको भावनालाई नेतृत्वले उपेक्षा गरेको संकेत गरे । 'यी मासुम अनुहारहरूले के भन्छन् ? के एउटा सामान्य कार्यकर्तादेखि महामन्त्रीसम्मका यी अनुहार देख्दा तपाईंहरूलाई कस्तो लाग्छ ?' उनले नेतृत्वको जवाफदेहीतामाथि प्रश्न उठाए ।

कान्तिपुर संवाददाता

Link copied successfully